विराटनगरमा ट्रकको ठक्करबाट ईभी कार पूर्णरूपमा क्षतिग्रस्त

<span class='c1'>विराटनगरमा ट्रकको ठक्करबाट ईभी</span> <span class='c2'>कार पूर्णरूपमा क्षतिग्रस्त</span>

विराटनगर । विराटनगर महानगरपालिका–२ बरगाछीस्थित दुर्गा चोक भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एउटा ईभी कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बिहान ११ः३० बजे बरगाछीतर्फबाट दुर्गा चोक जाँदै गरेको ना.७ ख ३४३ नम्बरको ट्रकले विराट क्षितिज कलेजको गेटबाट सडकमा निस्कँदै गरेको बा.प्र ०१–०३५ च.००४२ नम्बरको ईभी कारलाई ठक्कर दिएको हो। दुर्घटनामा कार चालकलाई भने कुनै चोटपटक लागेको छैन। तर, ट्रकको ठक्करबाट कार पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ बस्ने ४२ वर्षीय मानबहादुर पोखरेललाई पनि कुनै चोटपटक लागेको छैन। दुर्घटनापछि ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा मादक पदार्थ सेवन, सवारीका आवश्यक कागजात नखुलेको अवस्था तथा चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्