विराटनगर आउँदै ‘मास्टर्नी’ फेम प्रियंका कार्की

<span class='c1'>विराटनगर आउँदै ‘मास्टर्नी’</span> <span class='c2'>फेम प्रियंका कार्की</span>

विराटनगर भाद्र ५ ,

नेपाली चलचित्र ‘मास्टर्नी’ को विशेष प्रचार-प्रसारका लागि अभिनेत्री तथा निर्मात्री प्रियंका कार्की आगामी भदौ ९ गते मंगलबार विराटनगर आउने भएकी छन्।

चलचित्र प्रवर्द्धन कार्यक्रम अन्तर्गत अभिनेत्री कार्कीले पूर्व क्षेत्रभरिका करिब ४० जना चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। उक्त भेटघाट कार्यक्रम विराटनगरस्थित ‘जेस्टी लाउन्ज’ मा आयोजना हुनेछ।

इन्फ्लुएन्सरहरूसँगको अन्तरक्रियापछि विराटनगरको ‘सिटी सिनेमा’मा चलचित्र ‘मास्टर्नी’ को विशेष शो  प्रदर्शन गरिनेछ। कार्यक्रममा अभिनेत्री कार्कीले दर्शक तथा स्थानीय कलाकारहरूसँगै बसेर फिल्म हेर्ने र प्रतिक्रिया लिने कार्यतालिका रहेको आयोजक साजिद आलमले जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्