विराट उसुक्वानको कार्यसमिति गठन, अध्यक्षमा डा.प्राची भगत

<span class='c1'>विराट उसुक्वानको कार्यसमिति गठन,</span> <span class='c2'>अध्यक्षमा डा.प्राची भगत</span>

विराटनगर । विराट उसुक्वानको कार्यसमिति गठन गरिएको छ। शनिबार विराटनगरस्थित गोग्राहा माध्यमिक विद्यालयमा आयोजित भेलाले डा.प्राची भगतको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

विराटनगर महानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहने गरी गठन गरिएको समितिको अध्यक्षमा डा. प्राची भगत सर्वसम्मत चयन भएकी छन्। त्यस्तै, उपाध्यक्षमा अरुणकुमार झा, सचिवमा रामबाबु पाल, सहसचिवमा सेली नेपाल र कोषाध्यक्षमा सविना खत्री चयन भएका छन्।

समितिको सदस्यमा कृति तामाङ, अस्मित मण्डल, विक्रम राजवंशी, रोनक शर्मा, निरु श्रेष्ठ र सुमन चौधरी मनोनित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले उसुक्वान खेललाई व्यवस्थित रूपमा अघि बढाउँदै खेलाडीको हित, क्षमता विकास र खेल क्षेत्रको प्रवर्द्धनमा काम गर्ने जनाएको छ।

समितिले विराटनगरसहित कोशी प्रदेशमा उसुक्वान खेलको विकास र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, खेलाडीलाई आवश्यक प्रशिक्षण तथा अवसर उपलब्ध गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्