कानुनका विद्यार्थीलाई समुदायसँग जोड्दै ‘क्लिनिकल कम्युनिटी कानुनी शिक्षा’ प्रशिक्षण सम्पन्न

<span class='c1'>कानुनका विद्यार्थीलाई समुदायसँग जोड्दै ‘क्लिनिकल</span> <span class='c2'>कम्युनिटी कानुनी शिक्षा’ प्रशिक्षण सम्पन्न</span>

सोनु साह
विराटनगर । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को ‘न्यायमा पहुँच’ परियोजनाको सहयोग तथा पूर्वाञ्चल विश्वविद्यालय, कानुन संकायको आयोजनामा विराटनगरस्थित होटल स्वागतममा सञ्चालित ‘क्लिनिकल कम्युनिटी कानुनी शिक्षा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कानुनी शिक्षालाई व्यवहारमुखी बनाउँदै समुदायसँग जोड्ने, समुदायमा रहेका कानुनी समस्या पहिचान गर्ने तथा कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने विषयमा विद्यार्थीलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो।

कलेज अफ लका क्याम्पस प्रमुख अधिवक्ता दीपक खतिवडाका अनुसार चौथो वर्षमा अध्ययनरत कानुन संकायका विद्यार्थीलाई लक्षित गरी यूएनडीपीको सहयोगमा हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ।

प्रशिक्षण सम्पन्न भएपछि विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विवरण संकलनका लागि विभिन्न जिल्लामा पठाइने उनले जानकारी दिए। विद्यार्थीले सम्बन्धित जिल्लाका विभिन्न समुदायमा पुगेर त्यहाँको कानुनी अवस्था, समस्या तथा कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी विवरण संकलन गर्नेछन्।


यस वर्ष कार्यक्रममा सहभागी ५५ जना विद्यार्थीले ५ हजारभन्दा बढी विवरण संकलन गर्ने लक्ष्य राखिएको खड्काले बताए। विद्यार्थीले समुदायमै पुगेर नागरिकका कानुनी समस्या बुझ्ने, कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने तथा स्थानीय तहका न्यायिक समितिसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गर्नेछन्।

विद्यार्थीले समुदायमा विभिन्न विषयमा कानुनी साक्षरता तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने जनाइएको छ। यसबाट विद्यार्थीलाई कक्षाकोठामा सिकेको कानुनी ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर मिल्ने छ।

विद्यार्थीले संकलन गरेको विवरण एक महिनाभित्र बुझाउनुपर्नेछ। संकलित विवरणका आधारमा समुदायमा देखिएका कानुनी समस्या तथा न्यायमा पहुँचको अवस्थाबारे अध्ययन गरिने जनाइएको छ।

कार्यक्रममा सरकारी वकिल कल्याण प्रजुली, अधिवक्ता निता प्याकुरेल, अधिवक्ता दीपक खतिवडा, मुख्य न्यायाधिवक्ता नारायण वस्ती, वसन्त अधिकारी, सुजन विष्ट, गणेश लुइँटेललगायत अधिवक्ता तथा प्राध्यापकहरूले प्रशिक्षण दिएका थिए।

आयोजकका अनुसार कार्यक्रमले कानुनका विद्यार्थीलाई समुदायको वास्तविक कानुनी अवस्था बुझ्न, व्यावहारिक ज्ञान हासिल गर्न तथा न्यायमा पहुँचसम्बन्धी विषयमा प्रत्यक्ष अध्ययन गर्ने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्