चिकित्सा क्षेत्रमा नयाँ फड्को: कोशी प्रदेशले पायो पहिलो ‘रोबोटिक जोर्नी प्रत्यारोपण सर्जन’

<span class='c1'>चिकित्सा क्षेत्रमा नयाँ फड्को: कोशी प्रदेशले</span> <span class='c2'>पायो पहिलो ‘रोबोटिक जोर्नी प्रत्यारोपण सर्जन’</span>

विराटनगर । पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्त्वपूर्ण उपलब्धि थप्दै डा. नरेश यादव कोशी प्रदेशकै पहिलो 'रोबोटिक जोर्नी प्रत्यारोपण सर्जन' बनेका छन्। भारतको प्रसिद्ध एमिकेयर अस्पतालबाट 'रोबोटिक आर्थ्रोप्लास्टी' मा विशेष फेलोसिप पूरा गरी फर्किएका डा. यादवले यो अत्याधुनिक विशेषज्ञता आफ्नै सहर विराटनगरमा भित्राउने सोचेका हुन् ।

नेपालमा रोबोटिक जोर्नी प्रत्यारोपणको बढ्दो अभ्यासको नेतृत्व गर्दै डा. यादव भविष्यमा विराटनगरबाटै पूर्ण रूपमा यो अत्याधुनिक सेवा सञ्चालन गर्ने तयारीमा जुटेका छन्।

के हो रोबोटिक आर्थ्रोप्लास्टी र कसरी गर्छ काम?

डा. यादवका अनुसार यो प्रविधि मुख्य गरी घुँडा र हिप (कम्मरको जोर्नी) प्रत्यारोपणमा प्रयोग गरिन्छ। धेरैमा रोबोटले आफैं शल्यक्रिया गर्छ भन्ने भ्रम रहे पनि यस प्रविधिमा रोबोटले सर्जनलाई केवल सहयोगीका रूपमा काम गर्छ। शल्यक्रियाका क्रममा सही अलाइनमेन्ट मिलाउने र हड्डी काट्ने काममा रोबोटले सर्जनलाई सघाउँछ।

शल्यक्रिया गर्नुअघि नै बिरामीको सिटी स्क्यान गरी कम्प्युटरमा सम्पूर्ण योजना तयार पारिन्छ र रोबोटमा डाटा फिट गरिन्छ। यस प्रविधिले गर्दा शल्यक्रिया सुरु हुनुभन्दा अगाडि नै बिरामीलाई कुन साइजको इम्प्लान्ट प्रयोग गर्ने भन्ने कुराको यकिन जानकारी मिल्दछ।

रोबोटिक शल्यक्रियाका मुख्य फाइदाहरू:

उच्च यथार्थता र एकुरेसी: कम्प्युटरमा पहिले नै योजना बनाइने हुनाले हड्डी काट्दा र अलाइनमेन्ट मिलाउँदा शतप्रतिशत शुद्धता कायम हुन्छ। छिटो निको हुने : परम्परागत शल्यक्रियाको तुलनामा यसमा निकै सानो चिरा मात्र लगाइने र रगत कम बग्ने हुनाले बिरामी छिटो निको हुन्छन्। शल्यक्रियाको १० देखि १५ घण्टाभित्रै बिरामी हिँड्न सक्ने अवस्थामा पुग्छन्।

शून्य त्रुटि र असफलताको जोखिम रहित: शल्यक्रियाअघि नै सम्पूर्ण खाका तयार हुने भएकाले यस प्रविधिबाट गरिने उपचारमा असफलता वा त्रुटि हुने सम्भावना रहँदैन।

लागत र उपलब्धता:

सामान्य तरिकाबाट गरिने घुँडा वा जोर्नी प्रत्यारोपणको तुलनामा रोबोटिक प्रविधिमार्फत शल्यक्रिया गर्दा करिब १ लाख रुपैयाँसम्म बढी खर्च लाग्ने डा. यादवले जानकारी दिए।

डा. यादवको यस उपलब्धिले पूर्वी नेपालको अर्थोपेडिक उपचारको स्तरलाई नयाँ उचाइमा पुर्याउने भएको छ । यस नवीन प्रविधिले शल्यक्रियामा अतुलनीय यथार्थता ल्याउनुका साथै अब विश्वस्तरीय जोर्नी प्रत्यारोपण सेवाका लागि काठमाडौँ वा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै आफ्नै ठाउँमा सेवा सम्भव बनाउने यादवले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्