विराटनगर । टंकीसिनवारी जुनियर जेसिजको आयोजनामा सम्पन्न ‘ध्रुवलक्ष्मी एरिया–ए महिला फुटसल प्रतियोगिता २०२६’ को उपाधि विराटनगर जुनियर जेसिजको महिला टोलीले चुमेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर जुनियर जेसिजले विजेता बन्न सफल भएको हो।
प्रतियोगिताको पहिलो खेलमा विराटनगर जुनियर जेसिजले दुहबी जुनियर जेसिजलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। उत्कृष्ट तालमेल र आक्रामक खेल प्रस्तुत गरेको विराटनगरले दोस्रो खेलमा रमाइलो जुनियर जेसिजलाई १–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। उपाधिका लागि भएको अन्तिम तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा विराटनगर जुनियर जेसिजले भद्रपुर जुनियर जेसिजलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो हातमा पार्यो।
अनुशासित खेल, उत्कृष्ट टिमवर्क र दृढ संकल्पका कारण टोलीले यो सफलता हासिल गरेको र यस जितले विराटनगर जुनियर जेसिजको महिला टोलीको खेलकुद क्षेत्रमा रहेको क्षमता र सम्भावनालाई अझ उजागर गरेको विराटनगर जुनियर जेसिजका अधक्ष्य ओम जोगीले बताए।