विराटनगरमा अध्ययन, कोशीका यी जिल्लामा थपिदैंछन् दश बिद्युत सव–स्टेशन

<span class='c1'>विराटनगरमा अध्ययन, कोशीका यी जिल्लामा</span> <span class='c2'>थपिदैंछन् दश बिद्युत सव–स्टेशन</span>

विराटनगर । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका पाँच जिल्लामा दश वटा सव–स्टेशन थप्ने प्रक्रिया थालेको छ । प्राधिकरणले सव–स्टेशनको संख्या बढाउँदै वितरण प्रणालीमा सुधार तथा ट्रान्सफर्मर अपग्रेडको कामलाई एकसाथ अगाडी बढाउने तयारी गरेको हो ।

गर्मीको समयमा बिद्युत वितरण प्रणालीमा हुने ओभरलोड व्यवस्थापन गर्न सुनसरीको बर्जु गाउँपालिकाको १३२ केभी सव–स्टेसन र मोरङको बेलबारीस्थित केरौनमा १३२ केभी ग्रिड सव–स्टेशन निर्माणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये केरौनको सव–स्टेशन अहिले चार्जिङ्ग फेजमा राखिएको र बर्जुको तीन महिनामा सम्पन्न हुने जानकारी दिइएको छ ।

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय कोशीका निर्देशक कमल आचार्यका अनुसार केरौन र बर्जुको ग्रिड सव–स्टेशन सञ्चालनमा आउँदा आगामी फागुन पछिको गर्मीको समयमा मोरङमा हुनसक्ने ओभरलोड समस्या हल हुने विश्वास गरेका छन् । तर, त्यस बाहेक मोरङको पथरीशनिश्चरे नगरपालिकामा अर्को सव–स्टेसन थप्नका लागि जग्गा व्यवस्थापनको काम समेत भइरहेको उनको भनाई छ । त्यस बाहेक कोशी प्रदेशमा सुनसरीमा ३, झापामा २, पाँचथर, उदयपुर, संखुवासभा र ताप्लेजुङमा १÷१ सव–स्टेशन थप्ने स्रोत सुनिश्चित भएर प्रक्रिया थालिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।

जलस्रोत उर्जा तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले कोशी प्रदेशका विभिन्न स्थानको अवलोकन गर्ने क्रममा नियमित सुधार बाहेक आवश्यकताका केहि योजनालाई प्राथमिकता दिनुपर्ने निर्देशन दिएका थिए । निर्देशक आचार्यका अनुसार वितरण प्रणालीमा सुधारका लागि थप बजेट व्यवस्थापन, ट्रान्सफर्मर अपग्रेडको कार्य आगामी गर्मीको मौसम आउनु अगाडी गरिसक्ने गरी निर्देशन भएको हो ।
प्राधिकरणले अहिले थप्ने सव–स्टेशन वितरण कार्यालय मातहत रहने ३३÷११ केभी अन्तर्गत पर्नेछन् । त्यसले ग्रिडमा पर्ने ओभरलोडलाई सन्तुलन राख्न सहयोग गर्ने र अति माग भएको समयमा वितरण प्रणालीमा हुने फल्ट कम हुनसक्ने उहाँको दावी छ ।

ओभरलोडको समस्यामा सबैभन्दा धेरै विराटनगर क्षेत्रको ग्राहस्थ फिडरमा देखिदै आएको छ । जसको समाधान मोरङमा पश्चिमतर्फ बर्जु र पूर्वतर्फ केरौनको ग्रिड सव–स्टेशन सञ्चालनमा आएलगतै हुने दावी गरिएको छ । निर्देशक आचार्यले यी दुई सव–स्टेशनले बिद्युतको लोड व्यवस्थापनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । यद्यपी पथरी शनिश्चरेमा एउटा सव–स्टेशनको जग्गा व्यवस्थापन भइरहेको र विराटनगरमा समेत आवश्यकता महसुश भएमा अर्को वर्ष प्रक्रिया बढाउन सकिने स्थितिमा पुगिएको बताए ।

गर्मीको मौसममा विराटनगरको बिद्युतमा बारम्बार अवरोध हुँदै आएको छ । विराटनगर वितरण केन्द्र अन्तर्गत चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन हुँदै आएको छ । टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरीमा अहिले सव–स्टेशन रहेका छन् । फिडरमा लोड हुँदा विराटनगरको बिद्युत आपूर्ति व्यवस्थापन मिलाउन असहज हुँदै आएकोले नयाँ सव–स्टेशनमो माग समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्