ऊर्जा मन्त्री र सांसद आचार्यद्वारा विराटनगरका डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

<span class='c1'>ऊर्जा मन्त्री र सांसद आचार्यद्वारा विराटनगरका</span> <span class='c2'>डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण</span>

विराटनगर । नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजमान श्रेष्ठ र मोरङ क्षेत्र नं ६ की सांसद रुबिना आचार्यले सोमबार विराटनगरका विभिन्न डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

मन्त्री श्रेष्ठ र सांसद आचार्यले विराटनगर महानगरपालिका–१२ को सुकुम्बासी क्षेत्रसहित वडा नं. ६ र ११ अन्तर्गत पर्ने केसलिया नदी आसपासका क्षेत्रको निरीक्षण गरेका हुन्। उनीहरूले वडा नं.६ स्थित भरमपुरा पुल क्षेत्र हुँदै वडा नं.५ लगायतका डुबान प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका थिए।

निरीक्षणका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूले डुबानका कारण स्थानीयले भोग्दै आएका समस्या, गुनासा तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका थिए।

त्यसपछि टोली मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित डुबान प्रभावित क्षेत्रमा समेत पुगेको थियो। त्यहाँ स्थानीयसँग छलफल गर्दै बाढी तथा डुबानबाट बारे जानकारी लिइएको थियो।

स्थानीयवासीले डुबानको दीर्घकालीन समाधान, नदी तथा नालाको व्यवस्थापन, तटबन्ध निर्माण र प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि पहल गर्न मन्त्री तथा सांसदसमक्ष आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्