विराटनगरमा ‘नेपाल नेक्स्टजेन आइटी समिट २०२६’ आयोजना हुँदै

<span class='c1'>विराटनगरमा ‘नेपाल नेक्स्टजेन आइटी</span> <span class='c2'>समिट २०२६’ आयोजना हुँदै</span>

विराटनगर, भाद्र ९

नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले ‘नेपाल नेक्स्टजेन आइटी समिट २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम यहि अक्टोबर १ र २ मा हुने बताइएको छ ।  नयाँ पुस्तालाई आर्टिफिसियल इन्टेलिजेन्स, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा विद्यार्थी, प्राविधिक अनुसन्धानकर्ता, युवा उद्यमी तथा शिक्षाविद्हरूलाई लक्षित गरी विभिन्न सत्र तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ । प्रविधि विज्ञ, नीति निर्माता तथा उद्योगीहरूसँग एआईको भविष्य, डिजिटल रूपान्तरण र अवसरहरूबारे अन्तरक्रियात्मक विमर्श, आधुनिक प्रविधि, डेटा तथा एआई उपकरणहरूको व्यावहारिक ज्ञान सिकाउन विशेषज्ञहरूको नेतृत्वमा सघन तालिम सत्र, विद्यार्थीहरूलाई आधुनिक शैक्षिक अवसर, प्रविधि तालिम तथा भविष्यका करियरबारे परामर्श दिने शैक्षिक प्रदर्शनी, युवा प्रतिभा तथा डेभलपरहरूले समाज र उद्योगका वास्तविक समस्या समाधान गर्न नयाँ प्राविधिक प्रोटोटाइप निर्माण गर्ने प्रतिस्पर्धा, नवप्रवर्तक तथा स्टार्टअपहरूले आफ्ना व्यवसायिक योजनाहरू लगानीकर्ता र मेन्टरहरूसमक्ष प्रस्तुत गरी प्रत्यक्ष लगानी तथा सहायता प्राप्त गर्ने मञ्च गर्ने नेपाल युवा उद्यमी मंच विराटनगरमा अध्यक्ष रोमन कट्टेलले बताए   ।

यस समिटले विशेषगरी कोशी प्रदेशका युवाहरूलाई विश्वव्यापी प्रविधि परिवर्तनसँग एकाकार गर्दै नेपालमै नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माण गर्न ठोस टेवा पुर्‍याउने विश्वास आयोजक समितिले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्