संघमा भर्खर चर्चा, विराटनगरमा दुईवर्षदेखि सञ्चालनमा छ ‘महानगर अटिजम सेवा केन्द्र’

<span class='c1'>संघमा भर्खर चर्चा, विराटनगरमा दुईवर्षदेखि सञ्चालनमा</span> <span class='c2'>छ ‘महानगर अटिजम सेवा केन्द्र’</span>

विराटनगर । प्रत्येक प्रदेशमा आवासीय अटिजम विद्यालय स्थापनाको बहस अहिले संघीय सरकारको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुरु गरेका छन् । संघमा यसको चर्चा हुँदा विराटनगर महानगरपालिकाले भने यो क्षेत्रमा सरकारीस्तरबाट पहिलो अटिजम सेवा केन्द्र स्थापना गरिसकेको छ । जसको दुई वर्षको अनुभव हाँसिल गरिसकेको छ । स्थानीय सरकारले कार्यविधी नै बनाएर विराटनगर महानगरपालिका–४ मा ‘महानगर अटिजम सेवा केन्द्र’ सञ्चालन आएको दुईवर्ष बितेको हो ।

२०८१ कार्तिकमा विराटनगर–४, दूध फारममा भाडामा लिएको घरमा अटिजम भएका बालबालिकाको शैक्षिक, सीप, व्यवहार, बोलीका क्षेत्रमा काम गर्दै आएको हो । महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि निःशुलक सेवा उपलब्ध गराउँदै आएको अटिजम सेवा केन्द्र संयोजक रस्मि निरौलाले जानकारी दिइन् । महानगरपालिकाले अटिजम सेवा केन्द्रलाई स्वास्थ्य सेवा अन्तर्गत राखेको छ । सुरुका वर्ष एक करोड रुपिँया बजेट व्यवस्थापन गरिएको थियो । स्वास्थ्य महाशाखा प्रमुख डा.दिलिप यादवका अनुसार गत आर्थिक वर्ष ७० लाख रुपिँया बजेट बिनियोजन गरिएको थियो । तर, अपुग भएपछि ९५ लाख रुपिँया खर्च भएको थियो । चालु आर्थिक वर्षका लागि समेत ७० लाख रुपिँया बजेट बिनियोजन गरिएको छ । महानगरपालिकाले अटिजम सेवा केन्द्रको स्थायी संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गरिसकेको यादवले जानकारी दिएका छन् । भवन निर्माण गर्ने सबै प्रक्रिया गत वर्ष भदौमा सकिएपनि जेनजी आन्दोलनपछि कागजात जलेपछि रोकिएको थियो ।

संयोजक निरौलाका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म यहाँ अटिजम भएका बालबालिकालाई राखेर उनीहरुको स्याहार तथा सीप विकासको क्षेत्रमा काम हुन्छ । निःशुल्क रुपमा खाजादेखि स्याहार र घरसम्म लैजानका लागि गाडी समेत सुविधा रहेको छ । अहिलेसम्म ६ जना बालबालिका यहाँको सेवा लिएपछि सामान्य बालबालिकासँग घुलमिल हुनसक्ने भएर घर फर्किएको उनको दावी छ । अहिले सेवा केन्द्रमा १७ जना बालबालिका रहेको जानकारी दिइएको छ ।

यहाँ अटिजम बालबालिकाका लागि फिजियोथेरापी, स्पिच थेरापी, मनोचिकित्सक सेवासहित शैक्षिक तथा सीप विकास सिकाउने गरिएको छ । त्यस बाहेक पनि स्थानीय सरकारले स्थापना गरेको अटिजम सेवा केन्द्रले अभिभावकका लागि मनोसामाजिक परामर्शको समेत व्यवस्था गर्दै आएको छ । हरेक महिना एक पटक अभिभावकलाई अटिजम भएका बालबालिकालाई बुझ्ने कुरा र उनीहरुको मनोभावनालाई व्यवहारमा समेट्ने कुरामा परामर्श हुने गरेको हो ।
अटिजम सेवा केन्द्र सञ्चाला तथा व्यवस्थापन सम्बन्धी कार्यविधी, २०८० अनुसार यसलाई प्रारम्भमा दिवा सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने भनिएको छ । तर, यसको लक्ष्य भने दिर्घकालिन रुपमा आवासीय सेवा केन्द्रका रुपमा विकास गर्ने राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्