सिल गरिएका विराटनगरका सातवटै आँखा अस्पताल खुले

<span class='c1'>सिल गरिएका विराटनगरका सातवटै</span> <span class='c2'>आँखा अस्पताल खुले</span>

विराटनगर । क्षेत्राधिकार मिचेर शिलबन्दी गरिएको भन्दै आलोचना खेपेको जिल्ला प्रशासन कार्यालय मोरङले आज शिलबन्दी खोलेपछि विराटनगरका सातवटा आँखा अस्पताल १४ दिनपछि सञ्चालनमा आएको छ । प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोपमा राजनीतिक दल, स्वास्थ्यकर्मी र सम्बन्धित संघसंस्थाबाट विरोध भएपछि प्रशासन पछि हटेको हो ।

प्रशासनले मापदण्ड नपुगेको दाबी गर्दै साउन २७ र २८ गते विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा शिलबन्दी गरेको थियो । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत कोविद ढकालसहितको टोलीले ती अस्पतालमा लगाइएको शिलबन्दी खोलेको हो ।

कोशी प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीका अनुसार स्वास्थ्य मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन र विद्यमान कानुनी व्यवस्थाका आधारमा अस्पतालमा लगाएको ताला खोलेर सञ्चालनमा ल्याइएको बताए । प्रशासनले अस्पतालमा अनुगमन गरेर शिलबन्दी गरेपछि स्वास्थ्य मन्त्रालयले उपसचिव निर्मल भट्टराईको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाएपछि र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पताल खोल्न प्रशासनलाई निर्देशन दिएपछि शिलबन्दी हटाउने वातावरण बनेको हो ।

स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा सुधारका लागि समयसमेत नदिई प्रशासनले एकतर्फी रूपमा शिलबन्दी गरेको भन्दै स्वास्थ्यकर्मी, सम्बन्धित संघसंस्था तथा राजनीतिक दलले विरोध जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्