न्यूरो हस्पिटलको २६औँ वार्षिकोत्सव : गाईघाटमा मिनी म्याराथनसहित निःशुल्क स्वास्थ्य शिविर हुने

<span class='c1'>न्यूरो हस्पिटलको २६औँ वार्षिकोत्सव : गाईघाटमा</span> <span class='c2'>मिनी म्याराथनसहित निःशुल्क स्वास्थ्य शिविर हुने</span>

विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी मानिएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले आफ्नो स्थापनाको २६औँ वर्ष प्रवेशको अवसरमा समुदायकेन्द्रित स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ। अस्पतालले आगामी भदौ १३ गते शनिबार उदयपुरको गाईघाटमा बृहत् मिनी म्याराथन तथा निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने घोषणा गरेको हो।


विराटनगरस्थित अस्पताल परिसरमा आयोजित २६औँ वार्षिकोत्सव समारोहका क्रममा अस्पताल प्रशासनले गाईघाटमा स्वास्थ्य सचेतना कार्यक्रमसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिएको हो। कार्यक्रमअन्तर्गत गाईघाट मिनी म्याराथन २०८३ आयोजना गरिनेछ। यस्तै, शिविरमा न्यूरोसर्जरी, मुटुरोग तथा नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श उपलब्ध गराइने अस्पतालले जनाएको छ। शिविरमा सर्वसाधारणका लागि निःशुल्क प्रेसर तथा सुगर जाँचका साथै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिनेछ।

वार्षिकोत्सव समारोहमा अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराई, एकेडेमिक निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. नबिनकुमार कर्ण, मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन डा. विवेक कट्टेल, अस्पताल निर्देशक डा. ऋतिक विष्टलगायत वरिष्ठ चिकित्सक, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। समारोहमा अस्पतालका वरिष्ठ चिकित्सकहरूले संयुक्त रूपमा केक काटेर संस्थाको २६ वर्षे यात्राको खुसीयाली साटासाट गरेका थिए।

अस्पताल प्रशासनका अनुसार वार्षिकोत्सवलाई अस्पताल परिसरमा मात्र सीमित नराखी समुदायस्तरमै पुगेर नागरिकलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिने उद्देश्यले गाईघाटमा मिनी म्याराथन तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो। अस्पताल सञ्चालक समिति तथा वरिष्ठ चिकित्सकहरूले विगत अढाई दशकदेखि अस्पतालप्रति विश्वास र भरोसा राख्ने बिरामी, शुभचिन्तक तथा निरन्तर सेवामा खटिँदै आएका कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा अझ परिष्कृत, प्रविधिमैत्री र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै जाने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। अस्पतालले भदौ १३ गते गाईघाटमा हुने मिनी म्याराथनमा सहभागी हुन तथा निःशुल्क स्वास्थ्य शिविरको लाभ लिन उदयपुर र आसपासका सर्वसाधारणलाई अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्