विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउतद्वारा ११ लाख रुपैयाँ सहयोग

<span class='c1'>विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र</span> <span class='c2'>राउतद्वारा ११ लाख रुपैयाँ सहयोग</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रसुवामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि ११ लाख रूपैयाँ सहयोग गरेका छन् ।

राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि राउतले आफ्नो व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएका छन् । विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको राउतले बताए ।

राउतको व्यक्तिगत सहयोगका बारेमा जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थालाई पनि आग्रह गरेको छ । महासंघ कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ । महासंघले प्रभावित क्षेत्रमा घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, घरबारविहीन परिवारलाई तत्काल सुरक्षित आवास उपलब्ध गराउन तथा खाद्यान्नलगायत आवश्यक राहत सामग्रीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्