विराटनगरको एभरेस्ट कलेजमा साइन्स सेमिनार

<span class='c1'>विराटनगरको एभरेस्ट कलेजमा</span> <span class='c2'>साइन्स सेमिनार</span>

विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच, प्रयोग, सिर्जनशीलता तथा खोज–अनुसन्धानको भावना विकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’ आयोजना गरेको छ। विज्ञान विषयलाई कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक ज्ञान र प्रयोगसँग जोड्ने उद्देश्यले आयोजना गरिएको सेमिनारमा विद्यार्थीले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए। विद्यार्थीका प्रस्तुतिमार्फत विज्ञान तथा प्रविधिका नयाँ र रोचक विषयबारे जानकारी आदानप्रदान गर्नुका साथै उनीहरूलाई आफ्ना जिज्ञासा, सोच र सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।


सेमिनारको शुभारम्भ गर्दै कलेजका प्राचार्य टीकाराम पुरीले कलेजका मुख्य सरोकारवाला विद्यार्थी नै भएको बताउनुभयो। लक्ष्य प्राप्तिका लागि विद्यार्थीले स्वयं मेहनत गर्नुपर्ने उल्लेख गर्दै उहाँले कलेज, प्राचार्य, शिक्षक तथा अभिभावकले सहजीकरणको भूमिका मात्र निर्वाह गर्ने बताउनुभयो। प्राचार्य पुरीले साइन्स सेमिनार शिक्षकको नभई विद्यार्थी स्वयंको कार्यक्रम भएको उल्लेख गर्दै यस्ता गतिविधिले विद्यार्थीको ज्ञान, सीप र रचनात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताउनुभयो।

सेमिनारमा विद्यार्थीले सात समूहमा विभाजित भएर विज्ञानका विभिन्न रोचक उपलब्धि, अन्वेषण तथा खोजसँग सम्बन्धित प्रस्तुति दिएका थिए। आर्जन बराल र जेसिज गेलालले ‘स्पेस टाइम’, आदित्य पघैया र प्रज्ज्वल श्रेष्ठले ‘ह्युमन ब्रेन’ तथा स्नेहा कोइराला, मानश्वी कोइराला, इच्छा बज्राचार्य र समिप खनालले ‘न्यूक्लियर इनर्जी’ विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, कृति गोयल, सौमिका ढकाल र प्रिन्सी वर्माले ‘माइक्रो प्लास्टिक’, रायन पोखरेल, प्रेम खतिवडा, निश्चल न्यौपाने र रियोज मास्केले ‘बियोन्ड द स्क्रिन’, अदिमहाङ राई र मन्नत वर्माले ‘द अल्केमी अफ फ्रिक्वेन्सी’ तथा विवस बराले ‘एग’ विषयमा प्रस्तुति दिएका थिए।


विद्यार्थीले विभिन्न तथ्य तथा वैज्ञानिक सिद्धान्तमा आधारित प्रस्तुति दिँदै विज्ञान र प्रविधिका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका थिए। एभरेस्ट कलेजले कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानलाई प्रयोग, अवलोकन, प्रश्न तथा अनुसन्धानसँग जोड्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने विश्वास लिएको जनाएको छ। साइन्स सेमिनारजस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर नयाँ विषयको खोजी गर्न, तर्क गर्न तथा आफ्ना विचार प्रस्तुत गर्न प्रेरित गर्ने कलेजको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्