विराटनगर किङ्सद्वारा रसुवाका बाढी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग घोषणा

<span class='c1'>विराटनगर किङ्सद्वारा रसुवाका बाढी पीडितका लागि</span> <span class='c2'>१५ लाख रुपैयाँ सहयोग घोषणा</span>

विराटनगर । नेपाल प्रिमियर लिगको टोली विराटनगर किङ्सले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। हालै रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका स्याफ्रुबेँसी, टिमुरे लगायतका बस्तीहरूमा आएको भीषण बाढी र पहिरोले पुर्याएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै टोलीले उक्त सहयोगको घोषणा गरेको हो।

विराटनगर किङ्सले सामाजिक उत्तरदायित्व बोध गर्दै बाढी पीडितहरूको तत्कालीन राहत, उद्धार तथा पुनस्थापना कार्यका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पन्ध्र लाख रुपैयाँ योगदान गर्ने जनाएको छ।

विपत्तिका समयमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै टोलीले प्रभावित परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, खेल र खेलाडी मैदानमा मात्र सीमित नभई राष्ट्रिय विपद्को हरेक घडीमा देश र नागरिकको साथमा उभिनुपर्छ भन्ने मान्यता राख्दै सम्पूर्ण नागरिक, संघ-संस्था तथा सरोकारवाला निकायहरूलाई एकजुट भई सहयोग गर्न अपिल समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्