विराटनगरको लोक सेवा डेन्टलका सञ्चालक डा. मेहताद्वारा रसुवा बाढीपीडितलाई एक लाख सहयोग

<span class='c1'>विराटनगरको लोक सेवा डेन्टलका सञ्चालक डा.</span> <span class='c2'>मेहताद्वारा रसुवा बाढीपीडितलाई एक लाख सहयोग</span>

विराटनगर । विराटनगरस्थित लोक सेवा डेन्टलका सञ्चालक डा. पवन मेहताले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि डा. मेहताले प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै राहतका लागि सहयोग गर्ने निर्णय गरेका हुन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिने उनले बताएका छन्। डा. मेहताले विपद्को यस कठिन समयमा प्रभावित परिवारको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नसमेत आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्