विराटनगरको एभरेष्ट स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सुरु

<span class='c1'>विराटनगरको एभरेष्ट स्कुलमा इन्ट्रा</span> <span class='c2'>स्कुल पौडी प्रतियोगिता सुरु</span>

विराटनगर । राष्ट्रिय पौडी प्रतियोगिताको तयारीका लागि विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले इन्ट्रा स्कुल पौडी प्रतियोगिताको आयोजना गरेको छ । शनिबार सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न स्पर्धाका विद्यार्थीलाई आगामी राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । उनका अनुसार प्रतियोगिताको पहिलो दिन १५ मिटर देखि १५०० मिटरसम्मका विभिन्न स्पर्धाहरु भएका सम्पन्न भएका छन् ।


विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले रिवन काटेर उद्घाटन गरेको प्रतियोगितामा विद्यालयका करिब २ सय विद्यार्थीले सहभागिता जनाएका छन् ।
इन्चार्ज डंगोलका अनुसार १५०० मिटरको खुला फ्रिस्टाईलमा कक्षा ७ का पुरब तिम्सिना प्रथम हुँदा कक्षा १० का सुज्ञान कोइराला दित्तिय र कक्षा ७ का आरध्य पाण्डे तृतिय भए । ८०० मिटर खुलामा कक्षा ६ का श्रीयंश थापा प्रथम, प्रनव भट्टराई दित्तिय र आरभकुमार चौधरी तृतिय भए त्यस्तै ४०० मिटर फ्रीस्टाईल छात्रतर्फ पुरव तिम्सिना प्रथम, आरध्ये पाण्डे दित्तिय र पर्णव भट्टराई तृतिय भए भने २०० मिटर फ्रीस्टाइलमा कक्षा १० का धावा तामाङ प्रथम, कक्षा ७ का पुरव तिम्सिना दित्तिय र कक्षा १० का सुज्ञान कोइराला तृतिय भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्