लागूऔषधविरुद्ध जनचेतना फैलाउन लेटाङमा पुस्तिका वितरण

<span class='c1'>लागूऔषधविरुद्ध जनचेतना फैलाउन</span> <span class='c2'>लेटाङमा पुस्तिका वितरण</span>

लेटाङ । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङको लेटाङमा जनचेतनामूलक पुस्तिका वितरण गरिएको छ।
इलाका प्रहरी कार्यालय, लेटाङ र लेटाङ उद्योग वाणिज्य संघको सहकार्यमा तयार गरिएको ‘जानौँ ! बुझौँ ! बचौँ !’ शीर्षकको १२ पृष्ठको पुस्तिका लेटाङ नगरपालिका क्षेत्रका लेटाङ, वारङ्गी, जाते तथा बुधवारे बजारमा वितरण गरिएको हो।

आकर्षक तथा सन्देशमूलक उक्त पुस्तिकामा लागूऔषधका असर तथा जोखिम, रोकथामका उपाय, लागूऔषधसम्बन्धी कानुनी व्यवस्था तथा दुर्व्यसनबाट बच्न अपनाउन सकिने सकारात्मक विकल्पलगायतका विषयमा महत्वपूर्ण जानकारी समेटिएको छ। लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्दै स्वस्थ समाज निर्माण गर्न प्रहरी, स्थानीय तह, व्यवसायी, अभिभावक, युवा तथा आम नागरिकको साझा प्रयास आवश्यक रहेको जनाउँदै अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

पुस्तिका लेटाङ नगरपालिकाका अन्य क्षेत्रसम्म समेत पुर्‍याउने लक्ष्य राखिएको छ। अभियानलाई पुस्तिका वितरणमा मात्र सीमित नराखी भावी पुस्तालाई दुर्व्यसनबाट जोगाउने, परिवारलाई सुरक्षित बनाउने तथा समाजलाई स्वस्थ र सकारात्मक दिशातर्फ अघि बढाउने सामूहिक अभियानका रूपमा निरन्तरता दिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्