विराटनगरको एक घरमा चोर्न जाँदा ३ तीन तलाबाट खसेर मृत्यु

<span class='c1'>विराटनगरको एक घरमा चोर्न जाँदा</span> <span class='c2'>३ तीन तलाबाट खसेर मृत्यु</span>

विराटनगर । सुन्दा अच्चम लाग्न सक्छ पाप धुरीबाट कराउछ भन्थे वास्तवमा विराटनगरमा मध्यराती यस्तै एउटा घटना घटेको छ । अर्काको घरमा चोरी गर्न गएको तीन तलाबाट खसेर मृत्यु भएको घटना बाहिरएको छ ।
विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५–४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । आईतबार मध्यराती छिमेकीको अर्को घरबाट माथि चढेका ती व्यक्ति पछि न्यौपानेको घरमा हाम फाल्ने क्रममा चिप्लीएर लडेको हुन सक्ने मोरङ प्रहरी प्रवत्ता डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

न्यौपानको घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएर होहल्ला गर्न थालेका थिए । होहल्ला भएर छरछिमेकी भेला हुन थालेपछि ती पुरुष हाम्फालेर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । भाग्नलाई तीन तलामाथिबाट हाम्फाल्दा गम्भीर घाइते भएका उनको आइतबार बिहानका राति १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी श्रेष्ठले बताए ।

अन्दाजी ३५–४० वर्षीय जस्तो देखिने मृतकको पहिचान खुल्न सकेको छैन । डीएसपी श्रेष्ठ नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि बिहानका राति २ बजेतिर कोशी अस्पताल पठाएको छ । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । मृतकको पहिचानको प्रक्रिया अघि बढाएर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्