विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।
ढकालले विपद्मा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिन सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने ढकालले बताएका छन्। उनले विपद्का कारण समस्यामा परेका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।
उनको सहयोगले विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित नागरिकलाई सहयोग गर्नुपर्ने सन्देश दिएको छ।