मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी, प्रहरीको ‘स्ट्यान्ड टू’ अभ्यासपछि विरोध

<span class='c1'>मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी, प्रहरीको</span> <span class='c2'>‘स्ट्यान्ड टू’ अभ्यासपछि विरोध</span>

विराटनगर । विराटनगर–८ हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीहरूले आइतबार राति केही समय नाराबाजी गरेका छन्। कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूले प्रहरीले सञ्चालन गरेको आन्तरिक सुरक्षा अभ्यासलाई लिएर विरोध जनाएका हुन्।

प्रहरीले आपतकालीन अवस्थामा सुरक्षा व्यवस्थापनका लागि परिचालन हुने ‘स्ट्यान्ड टू’ अभ्यास सुरु गरेपछि बी ब्लकमा रहेका ५ सय ६५ जना कैदीबन्दीले नाराबाजी गरेका थिए। हाल मोरङ कारागारमा १ हजार २ सय ३४ जना कैदीबन्दी रहेको जनाइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले नियमित सुरक्षा योजनाअन्तर्गत अभ्यास गर्ने क्रममा कैदीबन्दीहरूले केही समय नाराबाजी गरेका हुन्। ‘प्रहरीले आपतकालीन सुरक्षा योजनाअन्तर्गत अभ्यास गरेको थियो। त्यही क्रममा उनीहरूले केही समय नाराबाजी गरे,’ एसपी कटवालले भने, ‘अहिले स्थिति सामान्य हुने क्रममा रहेको छ।’

प्रहरीका अनुसार कारागारभित्रको सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सम्भावित आपतकालीन अवस्थाको सामना गर्न नियमित रूपमा यस्ता सुरक्षा अभ्यास सञ्चालन गरिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्