मोरङका १६ जनासहित कोशी प्रदेशका १७६ अझै सम्पर्कविहीन (हेर्नुहोस्)

<span class='c1'>मोरङका १६ जनासहित कोशी प्रदेशका</span> <span class='c2'>१७६ अझै सम्पर्कविहीन (हेर्नुहोस्)</span>

विराटनगर। भोटेकोशी नदीमा आएको बाढीपछिको विपद्का कारण कोशी प्रदेशका १७६ जना अझै सम्पर्कविहीन छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशबाट १७६ जना हराइरहेको भन्दै आफन्तले प्रहरीलाई जानकारी गराएका हुन् । सम्पर्कविहीन मध्ये इलाममा एक जनाको शव फेला परेको छ । २२ जना परिवारको सम्पर्कमा आएका छन् । अन्यको अवस्था अझै अज्ञात छ । प्रहरीले सार्वजानिक गरेको तथ्यांक भदौ १४ गतेसम्मको हो । सोमबार भदौ १५ गतेको थप अपडेट भने आज राती मात्रै सार्वजानिक हुनेछ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सोलुखुम्बु जिल्लाका सबैभन्दा धेरै नागरिक सम्पर्कविहीन छन् । सोलुखुम्बुका ४२ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । सोलुबाट एकै परिवारका तीन जनासम्म वेपत्ता छन् । ओखलढुङ्गाबाट २७ जना बेपत्ता छन् । उदयपुरका २१ जना बेपत्ता छन् । प्रहरीका अनुसार सम्पर्कविहीन मध्ये सोलुखुम्बुका ३ जना सम्पर्कमा आएका छन् । ओखलढुंगाका २ जना र उदयपुरका ५ जना सम्पर्कमा आएका छन् ।

सुनसरीबाट २० जना सम्पर्कविहीन छन् । जसमा ५ जना सम्पर्कमा आएका छन् । मोरङका १६ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । झापाबाट १३ जना, इलामबाट १२ जना, खोटाङबाट ११ जना, ताप्लेजुङबाट ५ जना, संखुवासभा र भोजपुरबाट ३–३ जना, धनकुटाबाट २ जना र पाँचथरबाट १ जना सम्पर्कविहीन छन् ।

इलामबाट सम्पर्कविहीन मध्ये २ जना सम्पर्कमा आएका छन् । सन्दकपुर गाउँपालिका ३ का ३५ वर्षीय दिवानन्द सुवेदी (दिवस) को शव भेटिएको छ । उनको शव आफन्तले बुझेर अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ । खतिवडाको पहिचान भएपछि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठनबाट श्रीमती इन्दु सुवेदी र भाइ विशालले शव बुझेका थिए ।
खोटाङका १ जना, ताप्लेजुङका ३ जना, झापाका १ जना परिवारको सम्पर्कमा आएका छन् । प्रदेश प्रहरी प्रवक्ता थापाका अनुसार सम्पर्कविहीन रहेको भन्दै प्रहरीमा निवेदन आउनेक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्