लाइफगार्ड अस्पताल विराटनगरमा डाक्टरबीच हानाहान

<span class='c1'>लाइफगार्ड अस्पताल विराटनगरमा</span> <span class='c2'>डाक्टरबीच हानाहान</span>

विराटनगर । सामान्य त उपचारका क्रममा चिकित्सक र बिरामीका आफन्तबीचको विवाद त सुनिन्थ्यो । उपचारमा लापर्वाही भएको भन्दै बिरामी पक्षले अस्पताल प्रशासन र डाक्टरका विरुद्ध नाराबाजी गर्नेदेखि धक्कामुक्का गर्नेसम्म हुने गरेका घटना धेरै सुनिन्थे । तर, विराटनगरको लाइफगार्ड अस्पतालको अप्रेशन थिएटरमा दुई डाक्टरबीच नै हानाहान चलेको घटना समेत बाहिर आएको छ । गत बिहीबार विराटनगर–५ बरगाछीमा रहेको लाइफगार्ड अस्पतालमा दुई चिकित्सकको थिएटरमै झगडा भएको हो ।

अस्पताल प्रशासनका इन्द्र भुजेलका अनुसार एकै पटक दुई अलगअलग बिरामीको शल्याक्रिया परेको थियो । जसका लागि एउटै स्क्रिनिङ्ग मेशिन प्रयोग गर्नुपर्ने हुन्थ्यो । त्यो मेशिन लिने र दिनेबीच असमझदारी हुँदा विवाद भएको थियो । डा. इकवाल अहमद र डा. अभिषेक चौधरीबीच भएको असमझदारी भने अहिले मिलिसकेको भुजेलले दावी गरेका छन् । दुईवटा ओटी एकै पटक चल्न गाह्रो पनि हुन्छ, भुजेलले भने–सानो कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्