लिलिपुट स्कुलबाट राहत कोषमा ३ लाख दश हजार २४१ सहयोग

<span class='c1'>लिलिपुट स्कुलबाट राहत कोषमा ३</span> <span class='c2'>लाख दश हजार २४१ सहयोग</span>

विराटनगर । रसुवामा भोटेकोशीको बाढीबाट प्रभावित परिवारहरूप्रतिको राहतका लागि ऐक्यबद्धता जनाउँदै लिलिपुट स्कुल परिवारले तीन लाख दश हजार २४१ रुपैयाँ पच्चीस पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

यस सहयोगमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत समावेश छ। विपद्को यस कठिन समयमा पीडित परिवारहरूसँग उभिनु हाम्रो सामाजिक दायित्व हो भन्ने भावनाका साथ यो सहयोग गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यालयले बालबालिकालाई पाठ्यपुस्तकको ज्ञान मात्र होइन, मानवता, संवेदना र समाजप्रतिको जिम्मेवारी पनि सिकाउनुपर्छ भन्ने विश्वास हामीले लिएका छौँ। हाम्रो यो सानो प्रयासले प्रभावित परिवारहरूलाई केही राहत अवश्य मिल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्