बाढीपीडितका लागि विराटनगर–६ का मुस्लिम समुदायबाट १ लाख ५ हजार सहयोग

<span class='c1'>बाढीपीडितका लागि विराटनगर–६ का मुस्लिम समुदायबाट</span> <span class='c2'>१ लाख ५ हजार सहयोग</span>

विराटनगर । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि विराटनगर महानगरपालिका–६ का मुस्लिम समुदायका व्यक्तिहरूले सामूहिक रूपमा आर्थिक सहयोग गरेका छन्। नेपाली मुस्लिम समुदाय विकास केन्द्र नेपाल विराटनगरको तर्फबाट बाढीपीडित परिवारका लागि १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो।

समुदायका व्यक्तिहरूले सामूहिक रूपमा रकम संकलन गरी विपद्मा परेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेका हुन्। बाढीका कारण प्रभावित परिवारको अवस्था कठिन बनेको भन्दै मानवीय सहयोग आवश्यक रहेकाले आफूहरूले सक्दो सहयोग गरेको उनीहरूले बताएका छन्।

सहयोग हस्तान्तरण गर्दै यस दुःखद घडीमा पीडित परिवारको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताएका छन । विपद्का बेला समुदाय, संस्था तथा नागरिकबीचको सहकार्यले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, समुदाय तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्