विराटनगरमा बाढीपीडितका लागि राहत संकलन, संकलित राहत आफैँ प्रभावित क्षेत्रमा पुगेर वितरण गरिने

<span class='c1'>विराटनगरमा बाढीपीडितका लागि राहत संकलन, संकलित राहत</span> <span class='c2'>आफैँ प्रभावित क्षेत्रमा पुगेर वितरण गरिने</span>

विराटनगर । विराटनगरस्थित युनाइटेड विमेन्स एसोसिएसनले बाढी प्रभावित नागरिकहरूको सहयोगार्थ दुई दिने विशेष राहत संकलन अभियान सम्पन्न गरेको छ। कानुनकी विद्यार्थी तथा सामाजिक अभियन्ता श्रेया विष्टको नेतृत्वमा सञ्चालित यस अभियानमार्फत संकलन गरिएका अत्यावश्यक खाद्य तथा स्वास्थ्य सामग्रीहरू प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा वितरण गरिँदैछ। अभियानअन्तर्गत दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, औषधि तथा सरसफाइ सामग्रीहरू संकलन गरिएको छ।

संकलित राहत सामग्रीहरूको विवरण , चामल (१२ बोरा), चिउरा (१२० केजी), दाल (३ बोरा), भुजा (१० बोरा), चाउचाउ (७० प्याकेटभन्दा बढी), बिस्कुट (२ बोरा), भुटेको चना तथा भुजिया (२ बोरा), भटमास/सोयाबिन (२ बोरा), चना (१ बोरा), खानेतेल (१० लिटर), नुन (२५ किलो) र पिउने पानी (२५ कार्टुन)।

महिला, पुरुष तथा बालबालिकाका लागि तयारी कपडा (१०० जोरभन्दा बढी), ओढ्ने पातलो कम्बल (३ बोरा), अस्पताल प्रयोजनका तन्ना (३ बोरा), म्याट/ओछ्याउने (५०० मिटर बन्डल), त्रिपाल (२ बोरा) र झुल (१० थान)।

स्यानिटरी प्याड (५ बोरा), डायपर (३ बोरा), ल्याक्टोजेन (१ कार्टुन), ब्रस–मन्जन (१ बोरा), साबुन (१ बोरा), फेस मास्क (३६० थान) तथा अत्यावश्यक औषधिहरू (फ्लेक्सन, मेट्रो, ग्लुकोज, जीवनजल/ORS, प्यानटप, सेनिटाइजर, डेटोल, बेटाडिन आदि)।

अन्य सामग्रीमा स्टिलका थाल-बटुका (१ बोरा) तथा डिस्पोजेबल प्लेट र ग्लास (१ बोरा) रहेका छन् ।

विपद्को यस कठिन घडीमा पीडित परिवारसम्म वास्तविक राहत पुगोस् भन्ने उद्देश्यले संकलित सम्पूर्ण सामग्री टोली आफैं उपस्थित भएर सम्बन्धित प्रभावित क्षेत्रमा हस्तान्तरण गर्न लागेको अभियन्ता विष्टले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्