विराटनगर । विराटनगर–११ स्थित जनपथ लाखे समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ।
समूहले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले टोल–टोलमा पुगेर लाखे नाच प्रस्तुत गर्दै रकम संकलन गरेको थियो।
लाखे नाचमार्फत स्थानीयबाट संकलन गरिएको रकममध्ये ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समूहले जनाएको छ। रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जनपथ लाखे समूहले जनाएको छ।

समूहले सांस्कृतिक परम्पराको संरक्षणसँगै विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरेको बताएको छ।