विराटनगर । विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडितहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
राठीले आफू आबद्ध राठी केबलबाट ११ लाख रुपैयाँ र पल्लवी लुब्रिकेन्टबाट २ लाख ५० हजार रुपैयाँ गरी कुल १३ लाख ५० हजार रुपैयाँ बाढीपीडितहरूको राहत तथा सहयोगका लागि उपलब्ध गराउने भएका हुन्।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको जनाइएको छ। विपद्को कठिन समयमा उद्योगी तथा निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले पीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।