नेपाली युवा उद्यमी मञ्च विराटनगरद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ६२ हजार बढी सहयोग

<span class='c1'>नेपाली युवा उद्यमी मञ्च विराटनगरद्वारा प्रधानमन्त्री राहत</span> <span class='c2'>कोषमा २ लाख ६२ हजार बढी सहयोग</span>

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख ६२ हजार ५ सय २ रुपैयाँ जम्मा गरेको छ।

देशका विभिन्न भू-भागमा आएको बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भइरहेको अवस्थामा पीडितहरूको उद्धार र राहतमा सघाउ पुर्‍याउने उद्देश्यले उक्त सहयोग रकम पठाइएको हो।

मञ्चका अनुसार विराटनगर क्षेत्रका युवा उद्यमीहरूबाट संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको हो। विपद्को यस कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै राहत कोषमा सहयोग उपलब्ध गराइएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रोमन कट्टेलले जानकारी दिए।

प्राकृतिक विपद्बाट प्रभावित परिवारको पुनस्र्थापना र राहत कार्यमा सबै क्षेत्रबाट हातेमालो हुनुपर्नेमा जोड दिँदै मञ्चले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्