विराटनगर । देशका विभिन्न क्षेत्रमा विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेडले बाढी प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा उभिने उद्देश्यले उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ।