प्रभावितलाई आवश्यक सामाग्री मात्रै उपलब्ध गराउन सिडीओ कार्यलय मोरङको अनुरोध

<span class='c1'>प्रभावितलाई आवश्यक सामाग्री मात्रै उपलब्ध</span> <span class='c2'>गराउन सिडीओ कार्यलय मोरङको अनुरोध</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भोटेकोशी बाढीका कारण रसुवासहितका जिल्लामा परेको विपद् र त्यसबाट भएको क्षतिपछि प्रभावित क्षेत्रका नागरिकलाई राहत दिन चाहनेहरुले आवश्यक वस्तु मात्रै उपलब्ध गराई दिन आग्रह गरेको छ ।

मोरङ प्रशासनले प्रभावितका लागि सहयोगी मनहरू, व्यक्ति तथा संघ संस्थाहरूबाट राहत सामग्री सहयोग र वितरण सहजीकरण गर्ने अनुरोध हुनु सकारात्मक रहेको भएपनि अनावश्यक वस्तु बुझ्न, ढुवानी गर्न समेत समस्या हुने आशय व्यक्त गरेको छ ।

तत्कालको आवश्यकता भन्दा फरक प्रकृतिका रहेको सामान नदिन समेत अनुरोध गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तोकेको सामानहरु मात्रै उपलब्ध गराउन भनिएको छ । खाद्य सामग्री स्वास्थ्यवद्र्धक, पौष्टिकयुक्त, स्वच्छ, म्याद नगुज्रेको र भण्डारण गर्दा लामो समयसम्म नबिग्रने प्रकृतिका र खोज तथा उद्वार सामग्री मात्रै दिन भनिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्