श्रीकृष्ण जन्माष्टमीमा डीपीएस विराटनगरमा सांस्कृतिक तथा धार्मिक कार्यक्रम

<span class='c1'>श्रीकृष्ण जन्माष्टमीमा डीपीएस विराटनगरमा</span> <span class='c2'>सांस्कृतिक तथा धार्मिक कार्यक्रम</span>

विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहीबार विद्यालय परिसरमा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

विद्यालयको सभाहलमा हुने कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, बाललीला, दर्शन तथा धार्मिक–सांस्कृतिक महत्त्व झल्काउने नृत्य, भजन, गीत र नाट्य प्रस्तुत गर्नेछन्।

विद्यार्थीलाई नेपाली तथा सनातन संस्कृतिसँग जोड्दै चाडपर्वको सामाजिक, सांस्कृतिक र नैतिक महत्त्वबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको प्रमुख आकर्षण विद्यालयको खेल मैदानमा हुने परम्परागत ‘मट्का फोरा’ रहनेछ। विद्यार्थीको सहभागितामा उक्त कार्यक्रम सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गरिने विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक टी.एन. भण्डारीले आवश्यक मञ्च व्यवस्थापन, विद्यार्थीको पोसाक, सांस्कृतिक प्रस्तुति तथा मट्का फोरालगायत सम्पूर्ण तयारी पूरा भएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक चेतना विकासमा सहयोग पुग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्