विराटनगर। विराटनगरको राधाकृष्ण राइस मिल्सले बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
मिल्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत रकम उपलब्ध गराइएको हो।