विराटनगर । विद्यार्थीमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले विराटनगर ७ रंगेलीमा रहेको मेरील्याण्ड कलेजमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरिएको छ। कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममा विभिन्न विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कलेजको सभाहलमा बिहीबार आयोजित ट्यालेन्ट हन्टमा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, वक्तृत्वकला (स्पीच) लगायतका प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो सिर्जनात्मक तथा कलात्मक क्षमता प्रस्तुत गरेका थिए।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार अध्ययन–अध्यापनसँगै विद्यार्थीमा रहेका अतिरिक्त प्रतिभा र क्षमतालाई उजागर गर्ने उद्देश्यले कलेजले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
‘विद्यार्थीमा किताबको ज्ञानसँगै विभिन्न क्षेत्रमा रहेको प्रतिभालाई पनि प्रस्फुटन गराउनु आवश्यक छ,’ प्रिन्सिपल दाहालले भने, ‘त्यसैले कलेजले हरेक संकायमा अध्ययनरत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।’
ट्यालेन्ट हन्टमा उत्कृष्ट प्रदर्शन गर्दै सुप्रिया पोद्धार प्रथम, उद्धेशा द्वितीय, गुन्जन सेन तृतीय र ऋषिका बर्नवाल सान्त्वना भएकी छन्। उत्कृष्ट हुने विद्यार्थीहरूलाई कलेजले आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ।