विरेन्द्र सभागृह : जेनजी आन्दोलनमा जल्नबाट बच्यो, कोशी प्रदेशको संसद बन्यो

<span class='c1'>विरेन्द्र सभागृह : जेनजी आन्दोलनमा जल्नबाट</span> <span class='c2'>बच्यो, कोशी प्रदेशको संसद बन्यो</span>

विराटनगर । गतवर्ष भदौ २४ गते जेनजी आन्दोलनको नाममा मोरङका धेरै सरकारी संरचना ध्वस्त भए । सरकारी मात्रै नभई व्यापारिक र होटलमा समेत आगजनी भयो । भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको प्रतिरोधमा भदौ २४ गते आन्दोलनकारीले सरकारी संरचनामा आगजनी गरेर प्रतिरोध जनाएका थिए । त्यहि निशानामा परेको थियो, विराटनगरको विरेन्द्रसभागृह पनि । विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कोशी प्रदेशसभासहितका धेरै संरचना जलेपनि सभागृह जलाउन जोगाउने भूमिका आन्दोलनकारी भित्रकै एकजना जेनजी युवाले गरेका थिए । जसका कारण यो सभागृह आजपनि उतिकै महत्वपूर्ण भूमिकामा रहेको छ । सबै सरकारी संरचना जल्दा जोगिएकै कारण यो विराटनगर महानगरपालिका भएर पनि कोशी प्रदेश संसद भवनको रुपमा प्रयोगमा आएको छ ।

यसलाई त्यसबेला विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बुले जोगाएका थिए । ‘सुशासन र पारदर्शिता’ को माग राखेर भएको आन्दोलनले फरक मोड लिएपनि त्यहि आन्दोलनमा सहभागी अनमोलको संयमताले सभागृह जोगिएको थियो । जोगिएको सभागृह आजपनि उतिकै आकर्षक देखिरहेको छ ।अनमोलसँगै जीतनारायण चौधरी र राहुल माझीले एकसाथ जिल्ला प्रशासन कार्यालय जलाएर सभागृहतर्फ बढेको भीडलाई सम्ठ्याएका थिए ।

त्यहि योगदानको कदर गर्दै विराटनगर महानगरपालिकाले अनमोल लिम्बुलाई सम्मान समेत गरेको थियो । विराटनगरमा कोशी प्रदेशसभा, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरु, सरकारी कार्यालयहरुमा आगजनी र तोडफोडदेखि चोरीसम्म भएको थियो । विराटनगर–७ मा आकर्षक बनेको विरेन्द्र सभागृह मुख्य गेट तोडफोड गरेर भित्र प्रवेश गरेको भीडबाट अनमोल लिम्बु, तेजनारायण चौधरी र राहुल माझीले जोगाएका थिए । विरेन्द्र सभागृह २०३० सालमा निर्माण गरिएको भवन हो । जीर्ण बनेपछि २० करोड खर्चेर प्रवलीकरण गरिएको छ । प्रवलीकरण गरिएपछि यो आकर्षक भवन बनेको छ । तर, आन्दोलनको शिकार हुने निश्चित भइसकेको भवन एकाएक जोगाउन तीनजनाले खेलेको भूमिका अहिलेसम्म प्रशंसनिय रहँदै आएको छ । उक्त भवनको उपयोग अहिले पनि उतिर्क सान्दर्भिक रुपमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्