विराटनगरमा रहेको मेरिल्याण्ड कलेजद्धारा बाढी पिडितलाई ५ लाख ११ हजार सहयोग

<span class='c1'>विराटनगरमा रहेको मेरिल्याण्ड कलेजद्धारा बाढी पिडितलाई</span> <span class='c2'>५ लाख ११ हजार सहयोग</span>

विराटनगर । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।  कलेजले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिसान मोरङमार्फत रकम कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराइएको कलेजले जनाएको छ ।
प्रिन्सिपल ढकालले प्राकृतिक विपत्तिको कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु विद्यालयको पनि दायित्व भएको बताए । कलेजले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा प्राकृतिक विपत्तिका बेला सहयोग गर्दै आएको ढकालले बताए ।
हिसान मोरङले आफ्ना सदस्य विद्यालयबाट संकलन हुने राहत रकम एकमुष्ट रूपमा केन्द्रीय हिसानमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्