विराटनगरमा अल्पसंख्यक नेतृत्व विकास सम्बन्धी दुईदिने कार्यशाला

<span class='c1'>विराटनगरमा अल्पसंख्यक नेतृत्व विकास</span> <span class='c2'>सम्बन्धी दुईदिने कार्यशाला</span>

विराटनगर । समावेशी राजनीतिका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

लिड नेपाल झापाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा विराटनगरमा बुधबारदेखि सुरु भएको ‘नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकास तथा प्रतिनिधित्व’ विषयक कार्यशालामा सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले गरेकी थिइन् । उनले समावेशी राज्य निर्माणका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका हरेक निकायमा समान अवसरसहित अघि बढाउनुपर्ने बताइन् ।

राज्यमन्त्री परियारले राज्यका नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सबै समुदायको प्रतिनिधित्व सुनिश्चित भए मात्र समावेशी लोकतन्त्र बलियो हुने धारणा राखिन् । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अवसरबाट वञ्चित गरेर समावेशी राज्यको परिकल्पना पूरा हुन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले राजनीतिक दल तथा राज्यका हरेक निकायमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।

‘देशभर नीति निर्माण गर्ने तहमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुनुपर्छ । उनले राजनीतिक दलभित्रैबाट लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्व विकास र प्रतिनिधित्वका लागि वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यशालाको सहजीकरण नीलहिरा समाजका संस्थापक अध्यक्ष तथा पूर्वसांसद सुनिलबाबु पन्तले गरिरहेका छन् । बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिका साथै सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्