लायन्स क्लब विराटनगरमा नयाँ नेतृत्व , अध्यक्षमा चाँद बाबु इराकी

<span class='c1'>लायन्स क्लब विराटनगरमा नयाँ नेतृत्व</span> <span class='c2'>, अध्यक्षमा चाँद बाबु इराकी</span>

विराटनगर भाद्र २५,

नेपालकै पहिलो लायन्स क्लबका रूपमा चिनिएको लायन्स क्लब अफ विराटनगरले नयाँ नेतृत्व पाएको छ। वर्ष २०२६/२७ का लागि लायन चाँद बाबु इराकी अध्यक्ष चयन भएका छन्।

विराटनगरस्थित मनास्लु इनमा बुधबार आयोजित इन्डक्सन तथा पदस्थापना समारोहमा नयाँ सदस्यलाई सदस्यता प्रदान गर्नुका साथै लायन्स र लियो क्लबका नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।

लायन्स क्लब इन्टरनेसनल जिल्ला ३२५ ‘सी’ का जिल्ला गभर्नर लायन लिला प्रसाद चिमरिया पीएमजेएफले नयाँ नेतृत्वलाई पदस्थापना गराएका थिए। यस्तै, लियो क्लब अफ विराटनगरको वर्ष २०२६/२७ का लागि लियो सञ्जु गोइत अध्यक्ष चयन भएका छन्।

समारोहमा निवर्तमान अध्यक्ष लायन मनोज मण्डाले चाँद बाबु इराकीलाई जिम्मेवारी हस्तान्तरण गरे। लियो क्लबमा पनि निवर्तमान नेतृत्वले नयाँ अध्यक्ष सञ्जु गोइतलाई जिम्मेवारी सुम्पियो।

नयाँ नेतृत्वले अब सेवा, सदस्यता विस्तार र युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै समुदायमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम अघि बढाउने जनाएको छ।

अध्यक्ष इराकीले आफ्नो कार्यकालको मूल आधार ‘सन्तुलित सेवा, सुदृढ सदस्यता र दीर्घकालीन प्रभाव’ हुने बताए। लायन्स क्लब अफ विराटनगरको लामो इतिहास र गौरवलाई अझ मजबुत बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई परिणाममुखी बनाउने उनको प्रतिबद्धता छ।

कार्यक्रममा लायन्स तथा लियो क्लबका वर्तमान तथा पूर्व पदाधिकारी, सदस्य र शुभेच्छुकको उल्लेखनीय सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्