मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च : १० लाखभन्दा बढी रकम र ८ वटा फलामे रड बरामद

<span class='c1'>मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च : १० लाखभन्दा</span> <span class='c2'>बढी रकम र ८ वटा फलामे रड बरामद</span>

विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र ८ वटा फलामे रड बरामद गरेको छ। बिहीबार दिउँसो गरिएको संयुक्त सर्चका क्रममा उक्त रकम र फलामे रड बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए।

‘कारागारभित्र सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठ वटा रड बरामद गरेका छौँ,’ एसपी कटुवालले भने, ‘यो रकम के प्रयोजनका लागि राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’उनका अनुसार बरामद रकमको स्रोत र प्रयोजनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्रै रकमको वास्तविक स्रोत तथा प्रयोजन खुल्ने उनले बताए।


मोरङ कारागारको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीले भारतीय नागरिक चञ्चल बर्मा र मनिष विकको प्रभावमा ‘समानान्तर सत्ता’ सञ्चालन गरेको आरोप लाग्दै आएको थियो। ब्लकभित्रको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेपछि प्रहरीले केही समययता निगरानी बढाउँदै आएको थियो। यसै क्रममा ‘बी’ ब्लकबाट चञ्चल र मनिषसहित ३७ जना कैदीबन्दीलाई दुई चरणमा अन्य कारागारमा स्थानान्तरण गरिएको थियो। पहिलो चरणमा १९ जना र दोस्रो चरणमा १८ जना गरी ३७ जनालाई स्थानान्तरण गरिएको हो।

प्रहरीका अनुसार उनीहरू कारागारमा रहँदा ‘बी’ ब्लकमा सहज रूपमा सर्च गर्न कठिनाइ हुँदै आएको थियो। ३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेपछि अवस्था सामान्य बनेसँगै प्रहरीले ब्लकमा सर्च गर्न सकेको हो। बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको सर्चका क्रममा रकमसँगै आठ वटा फलामे रडसमेत बरामद गरिएको हो। ती रड कारागारभित्र कुन प्रयोजनका लागि राखिएको थियो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


‘बी’ ब्लकमा यसअघि पटकपटक विवाद तथा अशान्तिको अवस्था देखिँदै आएको थियो। कैदीबन्दीको एउटा समूहले प्रभाव जमाउँदै आएको आरोपपछि कारागार प्रशासनले सुरक्षा निगरानी बढाएको थियो। ३७ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएपछि भने हाल कारागारको अवस्था सामान्य र शान्त रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्