खुल्ला सीमाबाट रातभर तस्करी, भाडाको कोठाबाट दिनभर बजार डेलिभरी

<span class='c1'>खुल्ला सीमाबाट रातभर तस्करी, भाडाको</span> <span class='c2'>कोठाबाट दिनभर बजार डेलिभरी</span>

विराटनगर । मोरङका सीमा क्षेत्रमा अत्याधिक कडाइ रहेको दावी सुरक्षा संयन्त्रले गरिरहेपनि भन्सार छलेर भित्र्याइएका सामानले बजार खिचिरहेको छ । खुल्ला सीमा क्षेत्रबाट अवैध कारोबार रोकिएको सुरक्षा दावीको खण्डन आफैं बजारका गोदाममा छापा हानेबाट पनि उतिकै भइरहेको छ । सशस्त्र प्रहरीले विराटनगरका दुईवटा घरबाट एकै पटक ठूलो परिमाणमा कपडा बरामद गरेको छ । जुन कपडा भन्सार छलेर भित्र्याइकन बजार पठाउनका लागि भण्डारण गरेर राखिएको अवस्थामा रहेको थियो ।

कोठा भाडामा लिएर भारतबाट कपडा भित्र्याउने अनि गोदाममा राखेपछि बजार पठाउने यो पुरानै शैली हो । यसरी सशस्त्रले पक्राउ गरेका सामानको भन्सार जाँचपास गरेको प्रमाण हुँदैन तर व्यापारिक फमको बील काटेर बिक्री हुने गरेको हुन्छ । सशस्त्र प्रहरी बलले विराटनगर महानगरपालिका–८ मधुमारास्थित परशुराम पौडेलको घरको एउटा कोठाबाट ११ बोरा रेडिमेड कपडा बरामद गरेको छ । बरामद कपडामा कुर्ता, टप्सलगायतका सामाग्री छन्। जसको भन्सार जाँचपास छैन तर सात लाख ६ १ हजारको कपडा विराटनगरसम्म आइसकेको छ ।

कपडासँगै एउटा इन्भर्टरसमेत बरामद भएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी भाडामा लिइएको घरमा बस्ने बनेका व्यक्ति छैनन्, तर कपडा गोदाम गरिएको छ । भारतबाट रातभर सामान भित्र्याउने भण्डारण गरेपछि दिनभर बजारमा त्यसलाई पठाउने काम हुँदै आएको छ ।

तस्करी गरेर ल्याइएका कपडा उक्त कोठामा भण्डारण गरिएको सूचना पाएपछि सशस्त्र प्रहरीले शनिबार बिहान करिब २ बजेदेखि घरलाई निगरानीमा राख्दै घेरा हालेको थियो। उज्यालो भएपछि नेपाल प्रहरी, भन्सार कार्यालयका कर्मचारी र जनप्रतिनिधिलाई बोलाएर कोठाको ताला फुटाई खानतलासी गर्दा ११ बोरा कपडा र इन्भर्टर फेला परेको प्रहरीले जानकारी दिइएको छ ।

बरामद कपडा तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति तथा तस्करीको सञ्जालबारे थप अनुसन्धान भइरहेको छ। साथै बिराटनगर महानगरपालिका वडा नं. ५ हरिहरपथ बस्ने हरि बहादुर कार्कीको घरमा मनोज चौधरी भन्ने ब्यक्तिले भाडामा लिईएको कोठा बाट स.प्र.बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ्गबाट खटिईएको टोलीले १० बोरा (ठुलो) ३ बोरा (सानो) कपडा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्