विराटनगरमा पाँचौँ संवाद उत्सव : वातावरणीय जिम्मेवारी, जलवायु परिवर्तन र जलवायु न्यायबारे संवाद

<span class='c1'>विराटनगरमा पाँचौँ संवाद उत्सव : वातावरणीय जिम्मेवारी,</span> <span class='c2'>जलवायु परिवर्तन र जलवायु न्यायबारे संवाद</span>

विराटनगर । संवाद मिडियाको ११औँ वार्षिकोत्सवको अवसरमा संवाद फाउन्डेसन, कोशी प्रदेशले पाँचौँ संवाद उत्सव सम्पन्न गरेको छ। संवाद फाउन्डेसनका संस्थापक तथा केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वातावरणीय जिम्मेवारी, जलवायु परिवर्तन, जलवायु न्याय, कानुनी सहायता, सामाजिक न्याय तथा दिगो विकासलगायतका समसामयिक विषयमा संवाद तथा छलफल गरिएको थियो।

कार्यक्रममा कुमार पृथुले मुख्य वक्ताका रूपमा मन्तव्य राख्नुभएको थियो। त्यसपछि पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ता, वातावरणीय सञ्चारकर्मी रामचन्द्र अधिकारी, वातावरण अभियन्ता पूजा विश्वास र भूगर्भ तथा वातावरणविद् प्रमोद सिवाल सहभागी रहेको संवाद सत्र सञ्चालन गरिएको थियो। सत्रको सहजीकरण रेखा कापैरले गर्नुभएको थियो।

कार्यक्रममा वातावरणीय कानुन तथा कानुनी सहायता सम्बन्धी प्रस्तुति, जलवायु तथा पारिस्थितिकीसम्बन्धी कार्यशाला र वातावरण संरक्षणमा केन्द्रित सिर्जनात्मक प्रस्तुतिहरू समेत गरिएको थियो। सहभागीहरूले वातावरण तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती, अवसर र समाधानका उपायबारे विचार आदानप्रदान गरेका थिए।

संवाद फाउन्डेसन कोशी प्रदेशका संयोजक सुरज पटेलका अनुसार कार्यक्रमले वातावरण संरक्षणप्रति व्यक्तिगत तथा सामूहिक जिम्मेवारीबारे सचेतना बढाउन सहयोग गरेको छ। कार्यक्रममा संवाद फाउन्डेसन मोरङ, सुनसरी र झापाका सदस्यसहित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो। उत्कृष्ट काम गर्ने युवातर्फ पुरुषमा रोगित र महिलातर्फ संवाद सुनसरीकी आरतीलाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्