विराटनगर । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ।
विराटनगर किङ्सले सोमबार घोषणा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको हो। त्यस्तै, टोलीको ऐतिहासिक सफलतामा कप्तानको नेतृत्व र योगदानको सम्मानस्वरूप नेपाली राष्ट्रिय टोलीका कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई १ लाख रुपैयाँ प्रदान गरिने किङ्सले जनाएको छ।
विराटनगर किङ्सले नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको सम्मानस्वरूप पुरस्कार घोषणा गरिएको जनाएको छ।