राहत कोषमा सेन्ट जोसेफ स्कुल विराटनगरको ४ लाख सहयोग

<span class='c1'>राहत कोषमा सेन्ट जोसेफ स्कुल</span> <span class='c2'>विराटनगरको ४ लाख सहयोग</span>

विराटनगर। सेन्ट जोसेफ स्कुलले बाढी तथा पहिरो प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ।

विद्यालयले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला पीडित समुदायको साथमा रहँदै आएको जनाएको छ।

हालैको बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान चलिरहेको छ। विभिन्न संघसंस्था, विद्यालय तथा व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्