मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिलाई मुख्यमन्त्री कार्कीको बधाई

<span class='c1'>मोरङ उद्योग व्यापार संघको ३५औँ</span> <span class='c2'>कार्यसमितिलाई मुख्यमन्त्री कार्कीको बधाई</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भदौ ३० गते मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहको नेतृत्वमा रहेको पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा महिला उद्यम समितिका पदाधिकारीलाई बधाई तथा स्वागत गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उद्योग–व्यवसायमैत्री नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

उनले निजी क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै मोरङ उद्योग व्यापार संघसँग उद्योग तथा व्यवसायसम्बन्धी नीतिगत विषयमा निरन्तर छलफल र बहस गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा संघका अध्यक्ष अनिलकुमार साहले मुख्यमन्त्रीबाट प्राप्त आतिथ्यता र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै प्रदेशको औद्योगिक तथा आर्थिक विकासमा संघले सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठीले कोशी प्रदेश सरकार र निजी क्षेत्रबीच सशक्त समन्वयमार्फत औद्योगिक विकास, रोजगारी सिर्जना तथा समग्र प्रदेशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा महिला उद्यमीहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्