विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा रुख कटानको विवाद चलिरहेका बेला“बीसीए विद्यार्थी संघ”ले वृक्षारोपण कार्यक्रम गरेको छ। संगठन का प्रेसिडेन्ट शुभम बिष्टको नेतृत्वमा ५० वटा धोपी र दुई वटा कपुरका बिरुवा रोपिएको हो।
बिष्टका अनुसार आगामी दिनमा थप बृहत् वृक्षारोपण कार्यक्रम गर्ने तयारी भइरहेको छ। विद्यार्थीहरूले क्याम्पसको सौन्दर्य, हरियाली र वातावरणीय संरक्षणलाई प्राथमिकता दिँदै गरेको यो पहलले क्याम्पसमा हरियाली प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, भविष्यमा रुख कटान गर्नुपरे वैज्ञानिक मूल्याङ्कन र उचित योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।