विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट एक्स्पो २०२६’ हुने भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने एक्स्पोको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने छ ।
आयोजक उद्योग संगठन मोरङ र मुख्य प्रायोजन एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । उद्योग संगठन मोरङल् नवौ संस्करणको एक्स्पो आगामी पुस २ देखि ११ गतेसम्म आयोजना गर्ने तयारी गरेको हो ।
त्यसका लागि एक्स्ट्रिम इनर्जीबीच सम्झौता गरिएको छ । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा एक्स्पोसँग जोडिएका छन् ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीमा मात्र सीमित नराखी सिकाइ, रोजगारी, उद्यमशीलता, सम्बन्ध विस्तार, व्यापार विस्तार र मनोरञ्जनका विविध पक्षसँग जोड्ने तयारी गरिएको छ । एक्स्पोमा उद्योगी, व्यवसायी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता गराउने लक्ष्य राखिएको छ ।
सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले एक्स्पोको पहुँच र प्रभावलाई अझ व्यापक बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार एक्स्पो वस्तु तथा सेवाको प्रदर्शनस्थलमा मात्र सीमित नभई उद्योग, व्यापार, लगानी र नयाँ अवसरलाई जोड्ने साझा मञ्चका रूपमा विकास भइरहेको छ ।
विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकको आगमनले एक्स्पोमा थप ऊर्जा र आकर्षण थपिने बताए । उनले साझेदारीलाई ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नराखी एक्स्पोका समग्र रचनात्मक गतिविधिसँग एकीकृत गरिने जानकारी दिए ।
एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले पूर्वी नेपालकै प्रतिष्ठित व्यापारिक मेलाको नवौँ संस्करणसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताइन् । उनले एक्स्पोका विभिन्न गतिविधिलाई प्रभावकारी र अर्थपूर्ण बनाउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरिन् ।विराटनगरमा आगामी पुसमा विराट ट्रेड–एक्स्पो, उद्योग संगठनले थाल्यो तयारी
विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट एक्स्पो २०२६’ हुने भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने एक्स्पोको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने छ ।
आयोजक उद्योग संगठन मोरङ र मुख्य प्रायोजन एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । उद्योग संगठन मोरङल् नवौ संस्करणको एक्स्पो आगामी पुस २ देखि ११ गतेसम्म आयोजना गर्ने तयारी गरेको हो ।
त्यसका लागि एक्स्ट्रिम इनर्जीबीच सम्झौता गरिएको छ । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा एक्स्पोसँग जोडिएका छन् ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीमा मात्र सीमित नराखी सिकाइ, रोजगारी, उद्यमशीलता, सम्बन्ध विस्तार, व्यापार विस्तार र मनोरञ्जनका विविध पक्षसँग जोड्ने तयारी गरिएको छ । एक्स्पोमा उद्योगी, व्यवसायी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता गराउने लक्ष्य राखिएको छ ।
सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले एक्स्पोको पहुँच र प्रभावलाई अझ व्यापक बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार एक्स्पो वस्तु तथा सेवाको प्रदर्शनस्थलमा मात्र सीमित नभई उद्योग, व्यापार, लगानी र नयाँ अवसरलाई जोड्ने साझा मञ्चका रूपमा विकास भइरहेको छ ।
विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकको आगमनले एक्स्पोमा थप ऊर्जा र आकर्षण थपिने बताए । उनले साझेदारीलाई ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नराखी एक्स्पोका समग्र रचनात्मक गतिविधिसँग एकीकृत गरिने जानकारी दिए ।
एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले पूर्वी नेपालकै प्रतिष्ठित व्यापारिक मेलाको नवौँ संस्करणसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताइन् । उनले एक्स्पोका विभिन्न गतिविधिलाई प्रभावकारी र अर्थपूर्ण बनाउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरिन् ।