विराटनगरमा युवा उद्यमीहरूसँग कुलमान घिसिङको अन्तरक्रिया

<span class='c1'>विराटनगरमा युवा उद्यमीहरूसँग कुलमान</span> <span class='c2'>घिसिङको अन्तरक्रिया</span>

विराटनगर, असोज ५ 

नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा आज मोरङ उद्योग संगठनको सभाहलमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ मुख्य वक्ताका रूपमा उपस्थित रहेका थिए।

उक्त सत्रमा युवा उद्यमीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पूर्व ऊर्जामन्त्री घिसिङले देशको समग्र आर्थिक विकास र औद्योगिकीकरणका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताए। उनले नेपालको जलविद्युत् तथा नवीकरणीय ऊर्जा स्रोतहरूको भरपर्दो उपयोग गर्दै कसरी औद्योगिक लागत घटाउन र नयाँ उद्यमशीलताका सम्भावनाहरू सिर्जना गर्न सकिन्छ भन्ने विषयमा आफ्ना अनुभव र दृष्टिकोणहरू साझा गरे।

कार्यक्रममा उपस्थित युवा उद्यमीहरूले ऊर्जा व्यवस्थापन, दिगो व्यवसाय सञ्चालन तथा वर्तमान आर्थिक चुनौतीहरूका बीच नवीन उद्यम सुरु गर्ने विषयमा घिसिङसँग प्रत्यक्ष जिज्ञासा राखेका थिए। सहभागी युवा उद्यमीहरूले यस सत्रबाट ऊर्जा स्रोतहरूको प्रभावकारी उपयोग र व्यवसाय विस्तारका लागि व्यावहारिक ज्ञान तथा नयाँ ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्