जीवन विकास समाजको २९औँ वार्षिक उत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम

<span class='c1'>जीवन विकास समाजको २९औँ वार्षिक</span> <span class='c2'>उत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम</span>

विराटनगर । गरिबी रहित नेपालको परिकल्पनासहित वि.सं. २०५४ साल असोज ५ गते स्थापना भएको जीवन विकास समाज, जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको संस्थापक संस्था हो। जीवन विकास समाजले आफ्नो २९औँ वार्षिक उत्सवको अवसरमा जीवन विकास सामुदायिक अस्पतालसँगै रहेको नहरको बाटोमा वृक्षरोपण कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको छ। वृक्षरोपण कार्यक्रममा जीवन विकास समाजका अध्यक्ष रिबोल देवी मण्डल, उपाध्यक्ष, सचिव, संस्थापक सदस्य तथा कर्मचारीहरू, अस्पतालका सञ्चालक समिति संयोजक तेजस्वी मण्डल, सञ्चालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदार लगायत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देश दिएका थिए।

बढ्दो विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावबाट नेपाल पनि अछुतो छैन। अनियमित वर्षा, बाढी, पहिरो, अत्यधिक गर्मी तथा वातावरणीय असन्तुलनजस्ता चुनौतीहरू बढ्दै गएको अवस्थामा वृक्षरोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई प्रकृति संरक्षण र भावी पुस्ताप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति पनि हो। वातावरण संरक्षणका लागि राज्यका नीति तथा योजनासँगै नागरिक, समुदाय र सामाजिक संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेको सन्देशसमेत कार्यक्रमले दिएको छ।

गरिबी रहित नेपालको परिकल्पनालाई आत्मसात् गर्दै जीवन विकास समाजले २९ वर्षदेखि विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधिमार्फत समुदायमा योगदान पुर्‍याउँदै आएको छ। सोही सामाजिक यात्राको निरन्तरताका रूपमा स्थापित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सेवा विस्तार हुँदै आएको छ। २९औँ वार्षिक उत्सवको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमले सामाजिक सेवा, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्