दशौँ राष्ट्रिय खेलकुद : कोशीमा असोज १९ भित्र जिल्ला छनोट फाराम भर्नुपर्ने

<span class='c1'>दशौँ राष्ट्रिय खेलकुद : कोशीमा असोज</span> <span class='c2'>१९ भित्र जिल्ला छनोट फाराम भर्नुपर्ने</span>

विराटनगर । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रक्रियाको तयारी थालेको छ। बोर्डका सदस्य सचिव विप्लव घोषद्वारा जारी पत्रअनुसार प्रतिभाशाली खेलाडीको छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन स्वीकृत खेलाडी दर्ता फाराम वितरण गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले असोज १९ गतेभित्र आवश्यक विवरण तथा कागजातसहित सम्बन्धित जिल्ला छनोट प्रतियोगिताका लागि फाराम भरिसक्नुपर्नेछ।

बोर्डले छनोट प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन खेलाडीको योग्यता तथा आवश्यक कागजात अनिवार्य गरेको छ। खेलाडीले आफ्नो स्थायी बसोबास पुष्टि हुने स्थानीय तहसम्बन्धी कागजात वा बसाइँसराइ प्रमाणपत्रसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।त्यस्तै, एउटै खेलाडीले दोहोरो खेलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। छनोटका क्रममा खेलाडीको विवरण तथा योग्यताको प्रमाणित कागजात परीक्षण गरिने बोर्डले जनाएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय छनोटमा सहभागी गराइनेछ। कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी अघि बढाइएको बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्