ड्रिम टु प्लेबाट किङ्सको क्याम्पसम्म : ५ युवा खेलाडीको अब ‘अग्निपरीक्षा’

<span class='c1'>ड्रिम टु प्लेबाट किङ्सको क्याम्पसम्म :</span> <span class='c2'>५ युवा खेलाडीको अब ‘अग्निपरीक्षा’</span>

विराटनगर । कोशी प्रदेशबाट क्रिकेटको ठूलो सपना बोकेर अघि बढेका पाँच युवा खेलाडी अब विराटनगर किङ्सको जर्सीका लागि अन्तिम दौडमा प्रवेश गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० प्रतियोगिताबाट पाँच खेलाडीलाई आफ्नो तयारी क्याम्पका लागि छनोट गरेको हो।

किङ्सको क्याम्पमा स्थान बनाउने खेलाडीमा अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कबिराज खत्री र नेपाल यू–१६ का खेलाडी सुयोग भट्टराई रहेका छन्।अब उनीहरू सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमी, गोरखपुरमा हुने विराटनगर किङ्सको तयारी क्याम्पमा सहभागी हुनेछन्।

गोरखपुरमा उनीहरूले विराटनगर किङ्सका नियमित खेलाडीहरूसँगै प्रशिक्षण गर्नेछन्। त्यहीँ उनीहरूको प्रदर्शनलाई टोलीका प्रशिक्षकले नजिकबाट नियाल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्